नयाँ दिल्ली, १७ मईः देशमा लकडाउन थप ३१ मईसम्म बढ़ेको छ। तथापि लकडाउन-४ मा धेरजसो अधिकार राज्यलाई दिइएको छ। अर्थात् लकडाउनलाई लिएर राज्यले आफ्नो सूचीका विषयमा नियम बनाउन सक्नेछ।
केन्द्रिय सूचीमा पर्ने विषयमा भने केन्द्र सरकारले छुट्टै विस्तृत गाइडलाइन जारी गर्नेछ।
नेशनल डिजास्टर म्यानेजमेन्ट अथोरिटी (एनडीएमए)-ले यसबारेमा निर्देश जारी गरेको छ। जसमा केन्द्र सरकारका विभिन्न मन्त्रालय र विभाग तथा राज्य सरकारहरूलाई कोभिड-19 को सङ्क्रमणबाट बच्नका लागि उपाय गर्न भनिएको छ।
एनडीएमएले आफ्नो निर्देशमा भनिएको छ-कोभिड-१९ प्रसारलाई रोक्नका लागि लकडाउनको उपाय 31 मईसम्म जारी रहनेछ। निर्देशमा भनिएअनुसार कोभिड-१९ को प्रसारलाई रोक्नका साथसाथै आर्थिक गतिविधिहरूलाई अघि बढ़ाउन सकियोस्।
यसभन्दा अघि नै धेरै राज्यले लकडाउनलाई थप बढ़ाउनका लागि तयारी गरिसकेका थिए। पञ्जाब, तेलङ्गाना, महाराष्ट्र र तमिलनाडुले अघिबाटै लकडाउन बढ़ाउने घोषणा गरिसकेका थिए।