यस्तो छ, लकडाउन -४ का नयाँ गाइडलाइन्स

0
1238

नयाँ दिल्ली, १७ मईः देशमा आउँदो ३१ मईसम्म लकडाउन बढ़ेको छ। गृह मन्त्रालयले लकडाउन-४ लाई लिएर नयाँ गाइडलाइन्स जारी गरेको छ।

के छ त नयाँ गाइडलाइन्समा, जानौं-

-नयाँ गाइडलाइनका अनुसार कार्यालय र कार्यस्थलहरूमा सुरक्षा सुनिश्चित गर्नका लागि नियोक्ताहरूले आरोग्य सेतु एप सबै कर्मचारीका मोबाइल फोनमा उपलब्धता सुनिश्चित गर्नुपर्नेछ।

-रेड, ग्रीन र ओरेञ्ज जोनबाहेक कन्टेनमेन्ट जोन र बफर जोन बनाइएको छ।

– खेल परिसर र स्टेडियमहरूलाई खुला राख्ने अनुमति दिइएको छ। तर दर्शकहरूलाई उपस्थितको अनुमति भने दिइनेछैन।

– आवश्यक गतिविधिहरूलाई छोड़ेर मानिसहरूको आवागमन प्रतिदिन बेलुकी ७ बजेदेखि बिहान 7 बजेसम्म देशभरि कठोरतापूर्वक प्रतिबन्ध रहनेछ।

– अन्तरराज्यीय आवागमनका लागि यात्रीवाहक वाहन र बस दुई राज्यको आपसी सहमतिमा परिचालन गर्न सकिनेछ।

– राज्य र केन्द्रशासित प्रदेशहरूलाई कोभिड-१९ को स्थितिका अनुसार रेड, ग्रीन र ओरेञ्ज जोन निर्धारण गर्ने अधिकार दिइएको छ।

– ३१ मईसम्म लकडाउनअवधि सबै सामाजिक, राजनीतिक, धार्मिक कार्य र पूजास्थल बन्द रहनेछन्।

– गृह मन्त्रालयका अनुसार अनुसार, होटल, रेस्तराँ, सिनेमा हल, मल, स्विमिङ पुल र जिम ३१ मईसम्म बन्द रहनेछन्। घरेलु एयर एम्बुलेन्सलाई छोड़ेर सबै घरेलु, अन्तर्राष्ट्रिय हवाई यात्रामाथि ३१ मईसम्म प्रतिबन्ध रहनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here