जवानहरूका बलिदान व्यर्थ जानेछैनः प्रधानमन्त्री

0
1395
फोटो : एएनआई ट्विटर।

नयाँ दिल्ली, १७ जूनः भारत र चीनका सैनिकहरूबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झड़पको करिब ३६ घण्टापछि सरकारको तर्फबाट बयान आएको छ।

आज प्रधान मन्त्री नरेन्द्र मोदीले यस हिंसक झड़पबारे ४ मिनट १२ सेकेन्डमा करिब ३०३ शब्द बोले।

“जवानहरूका बलिदान व्यर्थ जानेछैन। देशको सम्प्रभुता सर्वोच्च हो”, प्रम मोदीले थपे, “देशको सुरक्षा गर्नबाट हामीलाई कसैले पनि रोक्न सक्दैन। यसबारेमा कसैलाई पनि कुनै पनि प्रकारको भ्रम या सन्देह हुनुहुँदैन।”

प्रधानमन्त्रीका अनुसार भारतले सदैव शान्ति चाहन्छ तर कसैले उक्साएको खण्डमा भारत यथोचित जवाब दिन सक्षम छ।

कोरोना भाइरसलाई लिएर मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्रीले सबैभन्दा पहिला लद्दाखमा भारत-चीन विवादमाथि कुरा गरे।

जवानहरूलाई श्रद्धाञ्जली दिँदै प्रम मोदीले भने, “शहीदहरूप्रति म समवेदना व्यक्त गर्दछु। जवान र उनका परिवारहरूलाई भरोसा दिलाउँछु, देश तपाईंहरूको साथमा छ। स्थिति जस्तो सुकै होस्, देश तपाईंहरूको साथमा छ।’’

मोदीले थपे, “भारतले आफ्नो स्वाभिमान र हरेक एक इञ्च जमिनको रक्षा गर्नेछ। हामीले सधैँ सहयोग र मैत्रीपूर्ण ढङ्गमा काम गरेका छौं। सदैव उनीहरूका विकास र कल्याणको कामना गरेका छौं। जहाँ पनि मतभेद थियो, त्यो मतभेद विवादमा नबद्लियोस् भन्ने हामीले प्रयास गऱ्यौं।

उनले थपे, “तर हामी आफ्नो देशको अखण्डता र सम्प्रभुतासँग सम्झौता गर्दैनौं। जहिल्यै पनि सयमय आयो, हामीले देशको अखण्डता र सम्प्रभुताको रक्षाका लागि आफ्नो शक्ति प्रदर्शन गरेका छौं। आफ्नो क्षमता साबित गरेका छौं।”

प्रम मोदीले सैनिकहरूको बलिदानलाई स्मरण गर्दै थपे, “देशलाई गर्व छ, हाम्रा सैनिकहरू मार्दा मार्दै शहीद भएका हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here