दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन कोरोना सङ्क्रमित

0
1191
दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन। (फाइल फोटो)।

नयाँ दिल्ली, १७ जूनः दिल्लीका स्वास्थ्य मन्त्री एवं आम आदमी पार्टीका नेता सत्येन्द्र जैन कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।

उनका शरीरमा कोरोना सङ्क्रमण पाइएको छ। कोरोना भाइरसको लक्षण देखिएपछि मङ्गलवार उनको टेस्ट गरिएको थियो, तर रिपोर्ट नेगिटिभ आएको थियो।

यसैबीच उनको आज दोस्रोपटक टेस्ट गराएका थिए, जुन रिपोर्ट पोजिटिभ आएको छ।

दिल्लीका यी स्वास्थ्य मन्त्री कोरोना पोजिटिभ रहेको पुष्टि भएपछि चिन्ता बढ़ेको छ। किनभने उनी केन्द्रिय गृहमन्त्री अमित शाहसँगको बैठकमा सहभागिता जनाएका थिए। यस बैठकमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसहित अन्य धेरै मन्त्री र अधिकारी सामेल थिए।

उल्लेखनीय छ, हिजो नेगिटिभ आए तापनि आज दोस्रोपटक जैनको कोरोना भाइरसको जाँच गरिएको थियो, जसमा उनको रिपोर्ट पोजिटिभ आएको हो।

उनलाई हिजो अत्यधिक ज्वरो आएपछि तथा श्वास-प्रश्वासमा समस्या देखिएपछि राजीव गान्धी सुपर स्पेशिअलिटी अस्पतालमा भर्ना गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here