सिलगढी, १७ जूनः आज रङ्गापानीमा भएको भीषण रेल दुर्घटनामा परी गोरुबथान मालबस्तीनिवासी ३७ वर्षीय कालेब सुब्बाले पनि ज्यान गुमाएका छन् । सुब्बा पश्चिम बङ्गाल आबकारी विभागमा उपनिरीक्षक पदमा कार्यरत् थिए ।
जानकारीका अनुसार उनको ड्युटी रायगञ्जमा थियो ।
सिलगढीबाट आज बिहान कञ्चनजङ्घा एक्सप्रेसमा सवार भई ड्युटी गइरहेका बेला उनी यस भीषण दुर्घटनामा परेका हुन् ।
सुब्बाले आफूपछि आमा बाबा, श्रीमती र दुई वर्षकी छोरी छाडिगएका छन् ।
यस भीषण दुर्घटनामा परी ज्यान गुमाउनेहरूका सङ्ख्या १५ पुगेको छ ।