नाका टिममाथि आतङ्की हमलामाः सीआरपीएफका दुई जवान र एक एसपीओ शहीद, दुई आतङ्की मारिए

0
993
फोटो: एएनआई ट्विटर।

श्रीनगर, 17 अगस्तः उत्तरी कश्मीरस्थित बारामुला जिल्लाको क्रेरी क्षेत्रमा सीआरपीएफ र पुलिसको संयुक्त नाका टिममाथि आतङ्कवादीहरूले हमला गर्दा सीआरपीएफका दुई जवान र एक जम्मू-कश्मीर पुलिसका एक एसपीओ शहीद भएका छन्।

अघिबाटै बाटो ढुकेर बसेका आतङ्कवादीहरूले आज बिहानै सुरक्षा बलको नाका टिममाथि अचानक हमला गरेका थिए।

पुलिसका अनुसार हमलामा जम्मू-कश्मीर पुलिसका एसपीओ मुजफ्फर अहमद तथा सीआरपीएफ 119 बटालियनका जवानद्वय लोकेश शर्मा र खुर्शीद खान शहीद भएका छन्।

अर्कोतिर नाका टिममाथि हमला गर्ने दुई आतङ्कवादीलाई सुरक्षा बलले मारेको छ। हमलापछि लगत्तै सुरक्षा बलले क्षेत्रलाई घेरेर खोजी अभियान चलाएको थियो।

दुई आतङ्कवादीलाई सुरक्षा बलले मारे तापनि थप एक आतङ्कवादी लुकेका छन्।आईजीपी कश्मीर विजय कुमारले दुई आतङ्की मारिएको पुष्टि गरेका छन्। उनका अनुसार दुवै आतङ्कवादी लश्कर-ए-तैयबाका हुन्।

उनले बताएअनुसार सीआरपीएफ-पुलिसको नाका टिममाथि तीनजना आतङ्कवादीले हमला गरेका थिए।

स्रोतः दैनिक जागरण

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here