
खरसाङ, 17 अगस्तः एसोसिएशन फर सोशल कल्चरल इकोनमिक एन्ड नेचरल डेवलपमेन्ट (एसेन्ड) सिटोङ-2 ले आज एक कार्यक्रमको आयोजन गरी उच्च अङ्क प्राप्त गरी उत्तीर्ण हुने क्षेत्रका 6 जना मेधावी विद्यार्थीलाई संवर्द्धना जनायो।
यसअवसरमा अतिथिका रूपमा रिसर्च स्कलरत्रय मेरिना राई (जेएनयू, दिल्ली) प्रेसिना राई (कोलकाता विश्वविद्यालय) र मनोहर भुजेल (एसएसएसआईएचएल बेङ्ग्लुरु) उपस्थित थिए।
कार्यक्रममा माध्यमिक परीक्षामा 82 प्रतिशत अङ्क प्राप्त गरेकी योङमित लेप्चा, आईसीएससी परीक्षामा 82 प्रतिशत अङ्क प्राप्त गरेकी प्रत्यशा छेत्री, उच्चमाध्यमिक परीक्षाअन्तर्गत विज्ञान सङ्कायमा 84 प्रतिशत प्राप्त गरेकी याङ्की शेर्पा, उच्चमाध्यमिक परीक्षाअन्तर्गत कला सङ्कायमा 83 अङ्क प्राप्त गरेकी सोमित लेप्चा, सीबीएसई परीक्षाअन्तर्गत कला सङ्कायमा 82 प्रतिशत अङ्क प्राप्त गरेका दिन्छेन लेप्चा सीबीएसई परीक्षाअन्तर्गत वाणिज्य सङ्कायमा 89.6 अङ्क प्राप्त गरेका अनमोल खवासलाई संवर्द्धना जनाइयो।





