घर समाचार सिक्किममा थप 20 नयाँ मामिला, 28 जना स्वस्थ भएर घर फर्किए
गान्तोक, 17 अगस्तः सिक्किममा थप 20 जना कोरोना सङ्क्रमित पाइएका छन्। सङ्क्रमित पाइएका यी 20 जना नै पूर्व सिक्किमबाट रहेका छन्।
यसका साथै सिक्किममा कुल कोरोना सङ्क्रमित सङ्ख्या 1187 पुगेको छ, जसमध्ये 701 जना स्वस्थ भएर घर फर्किसकेका छन्।
अहिले राज्यमा कोरोना भाइरसका एक्टिभ केस 485 रहेको छ। अर्कोतिर, आज 28 जना स्वस्थ भएर घर फर्किएका छन्।