प्रसुतिकक्षमा महिलाको मृत्युको भएको घटनामा मणिपालद्वारा खेद प्रकट

0
1019

गान्तोक, 17 अक्टोबरः प्रसुति कक्षमा उपचारको क्रममा शनिबार एक महिलाको मृत्यु भएको घटनालाई लिएर सेन्ट्रल रेफरल अस्पताल मणिपालले दुःख व्यक्त गरेको छ।

अस्पतालको प्रसुति कक्षका दक्ष टोलीद्वारा उपचारको प्रयास हुँदा-हुँदै पनि अभाग्यवश महिलाको मृत्यु भएको बताउँदै अस्पताल प्रबन्धनपक्षले खेद प्रकट गरेको हो।

एसएमयू, सीआरएच र एसएमआईएमएसको अनुरोधमा एसटीएनएम अस्पतालका विशेषज्ञ र वरिष्ठ सङ्कायलाई लिएर छानबीन गर्न एउटा फ्याक्ट फाइन्डिङ कमिटी गठन गरिएको छ।

मृत्युको कारण पत्तो लगाउन पोस्टमार्टम परीक्षण गर्न एसटीएनएम अस्पतालका वरिष्ठ सङ्काय र स्वतन्त्र विशेषज्ञको एउटा समिति पनि गठन गरेको मणिपाल प्रबन्धनपक्षले बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here