दार्जीलिङ, 17 नोभेम्बरः क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-का अध्यक्ष आरबी राईको अगुवाइमा एक प्रतिनिधि टोलीले आज राज्यपाल जगदीप धनखड़सँग भेटवार्ता गऱ्यो।
यसअवधि क्रामाकपा टोलीले पहाड़का मूलभूत समस्याहरूबारे राज्यपाललाई अवगत गराएको बताइएको छ।
विशेषगरी क्रामाकपा टोलीले राज्यपाललाई पहाड़को मूल समस्या र समाधान भनेको छुट्टै राज्य गोर्खाल्याण्ड रहेकाले यसको गठनको पहलमा सहयोग गरिदिन अनुरोध गरेको थियो।
टोलीमा राईलगायत नर्बु लामा, बले डुक्पा, किशोर प्रधान, शेखर छेत्री र उद्धव खनाल रहेका थिए।
अर्कोतिर, राज्यपालसँग भेटवार्तापछि पत्रकारहरूलाई सम्बोधन गर्दै क्रामाकपाले आज राज्यपाल धनखड़लाई पहाड़का समस्याहरूबारे अवगत गराएको बताए।
यसअवधि टोलीले राज्यपाललाई 11 जातगोष्ठीलाई जनजातिको मान्यता आरक्षणका कुरा भएकाले यो पहाड़को मूल समस्याको समाधान नरहेको तथा पहाड़को मूल समस्या र समाधान भनेको छुट्टै राज्य रहेको अवगत गराइयो।