केन्द्रीय मन्त्री नितिन गडकरी अस्वास्थ्य

0
729

सिलगढी, १७ नोभेम्बरः बालासन नदीको पुलदेखि सालुगढासम्म चार लेनको सडकसहित अन्य तीन महत्त्वपूर्ण परियोजना शिलान्यास र लोकार्पण गर्न सिलगढी आएका केन्द्रीय सडक एवं परिवहन मन्त्री नितिन गडकरी अचानक बिरामी भए ।

सुगर लेभल घटेका कारण गडकरी बिरामी भएको बताइएको छ। तत्कालै मेडिकल टिम आएर उनको उपचार गरेको थियो।

जानकारीका अनुसार उपचारपछि यी केन्द्रीय मन्त्री निको भएका छन् ।

स्मरणरहोस्, आज केन्द्रीय मन्त्री नितिन गडकरीले १२०६ करोडको लागतमा बनिने तीनवटा सडक परियोजनाको लोकार्पण र शिलान्यास गरे । उनले शिलान्यास कार्यक्रमलाई करिब ८ मिनट कार्यक्रमलाई सम्बोधन गरे । यसअवधि उनले थुप्रै नयाँ सडक परियोजनाको घोषणा गरे ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here