सड़क दुर्घटनामा शबना आजमी घाइते

0
956
दुर्घटनामा क्षतिग्रस्त भएको कार।

मुम्बई, 18 जनवरीः प्रख्यात अभिनेत्री शबना आजमी घाइते भएकी छन्। सड़क दुर्घटना परी उनी घाइते भएको न्युज एजेन्सी पीटीआईले बताएको छ।

त्यसबेला उनी पुणेबाट मुम्बई गइरहेकी थिइन्। दुर्घटनामा कारका चालक पनि घाइते भएको बताइएको छ।

जानकारीका अनुसार यो दुर्घटना मुम्बई-पुणे एक्सप्रेस-वेमा भएको हो। अभिनेत्री शबना आजमीलाई धेरै चोट लागेको बताइएको छ। उनलाई तत्कालै पुणेको एक अस्पतालमा भर्ती गरिएको थियो, जहाँबाट उनलाई एजीएम अस्पतालमा रेफर गरिएको छ।

पुलिसका उनको कार र एक ट्रकसँग ठोकिँदा यो घटना भएको हो। दुर्घटना खालापुर टोल प्लाजानदिक भएको हो।

दुर्घटनाको समय कारमा यी अभिनेत्रीसँगै उनका पति जावेद अख्तर पनि थिए। तर उनलाई भने कुनै चोट नलागेको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here