गैंड़ाको खाक र हात्तीको दाँतसहित तीन पक्राउ

0
1659

सिलगढ़ी, 18 जनवरीः भूटानबाट नेपालमा तस्करीका लागि लगिरहेको गैंड़ाको खाक र हात्तीको दाँतसहित तीनजना तस्कर पक्रा परेका हुन्।

बेलाकोबा फरेस्ट रेञ्जका रेञ्जर सञ्जय दत्तका अनुसार गोप्य सूचनाको आधारमा एक अभियान चलाएर शुक्रवार अपराह्न करिब 1 बजे मालबजारबाट हात्तीको दाँत र गैंड़ाको खाकसहित भूटाननिवासी अर्जुन तिवारी, जयगाउँनिवासी पिटर राई र  बनारहाटनिवासी सुवास छेत्रीलाई वन विभागले पक्राउ गरेको हो।

भूटानबाट ल्याइएको यी हात्तीको दाँत र गैंड़ाको खाक नेपालमा तस्करी गर्ने योजना थियो”, उनले थपे, “एक गोप्य सूत्रमार्फत् प्राप्त जानकारीको आधारमा अभियान चलाएर डुवर्स क्षेत्रको मालबजारबाट यी तीनजना तस्करलाई हामी पक्राउ गरेका हौं।

वन अधिकारी दत्तका अनुसार पक्रा परेका तीनैजना तस्कर अन्तर्राष्ट्रिय तस्करी गिरोहका सदस्य हुन्। उनका अनुसार तस्करीका लागि प्रयोग गरिएका तीनवटा वाहनलाई पनि जफत गरिएको छ, जसमध्ये एउटा वाहन डब्ल्यूबी र एउटा वाहन भूटान नम्बरको छ भने अर्को वाहनमा टेम्पोररी नम्बर टाँसिएको छ।

केरकारअवधि हामीले वन्य सम्पदाको अन्तर्राष्ट्रिय तस्करीबारे महत्त्वपूर्ण जानकारी पाएका छौं”, वन अधिकारी सञ्जय दत्त भनेका छन्। यसबारे जाँच शुरु गरिएको पनि बताइएको छ।

बरामद हात्तीको दाँतको ओजन 516 ग्राम छ। जानकारीका अनुसार पक्रा परेका  तीनैजना आरोपी तस्करलाई आज  जलपाइगढ़ी अदालतमा प्रस्तुत गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here