सिक्किमका 6 समाजसेवी सुभाषचन्द्र बोस ब्रेवरी अवार्डले सम्मानित

0
911

गान्तोक, 18 जनवरीः अन्तराष्ट्रिय मानव अधिकार परिषदद्वारा सिक्किमका 6 जनालाई नेताजी सुभाषचन्द्र बोस ब्रेवरी अवार्ड 2021-द्वारा सम्मानित गरिएको छ।

पश्चिम बङ्गालको राजधानी कोलकतामा आयोजित एक राष्ट्रियस्तरको समारोहमा सिक्किमलगायत देशका अन्य राज्यहरूबाट चयनित व्यक्तित्वहरूलाई सम्मानित गरिएको हो।

सिक्किमबाट सम्मानित व्यक्तित्वहरूमा छोटेलाल प्रसाद, गणेश शर्मा, कर्मा छोडा भोटिया र सृजना सुब्बा, एम.बी. लिम्बू र सृजना लिम्बू रहेका छन्।

कार्यक्रममा अन्तराष्ट्रिय मानव अधिकार परिषद्का राष्ट्रिय अध्यक्ष सन्नी शाहद्वारा चयनित व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो।

अन्तराष्ट्रिय मानव अधिकार परिषद् सिक्किम शाखाका अध्यक्ष गणेश शर्माले यस पुरस्कारबाट आफूहरूलाई समाज अनि मानव अधिकारको क्षेत्रमा अझ बढ़ी काम गर्ने हौसला मिलेको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here