मुख्यमन्त्रीद्वारा VISIT 2022- परियोजनाको घोषणा

0
937

गान्तोक, 18 जनवरीः मुख्यमन्त्री पीएस गोलेले राज्यमा पर्यटन उद्योगलाई थप उचाइमा लैजाने उद्देश्यका साथ भिजिट सिक्किम 2022 परियोजनाको घोषणा गरेका छन्।

आज राजधानीको चिन्तन भवनमा पर्यटन सम्बन्धी एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन्।

यस परियोजनाअन्तर्गत् वर्ष 2022-मा वर्षैभरि विभिन्न पर्यटनमुखी कार्यक्रम आयोजना गरिनेछ।

मुख्य कार्यक्रम भने प्रमुख पर्यटन मौसम अप्रेल या अक्टोबर महिनामा आयोजना गर्नुपर्ने उनले सुझाउ दिएका छन्।

यस महत्त्वाकाँक्षी परियोजनाका लागि मुख्यमन्त्रीले राज्यको पर्यटन हितधारकहरूको प्रमुख छाता सङ्गठन ट्राभल्स एजेन्ट्स एसोसिएशन (टास)-लाई पर्यटन विभागसित सहकार्य गरेर तयारी शुरू गर्ने निर्देश दिएका छन्।

उनले यस कार्यक्रममा बाहिरका अतिथि कलाकारहरू होइन तर स्थानीय प्रतिभाहरूलाई प्राथमिकता दिइनुपर्ने पनि सुझाउ दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here