श्रीनगर, 18 फरवरी : दक्षिण कश्मीरको पुलवामा जिल्लास्थित पिङ्गलान क्षेत्रमा आतङ्कीसँगको भिड़न्तमा एक मेजरसहित सेनाका चार जवान शहीद भएका छन्। यो समाचार लेखुञ्जेलसम्म पनि भिड़न्त जारी थियो।
यो भिड़न्त आइतबार मध्यरातिदेखि शुरु भएको बताइएको छ।
प्राप्त जानकारीका अनुसार एक जवान घाइते भएका छन्, जसलाई अस्पतालमा भर्ती गरिएको छ। शहीद हुनेहरूमा मेजर भीएस डोण्डियाल, हवल्दार श्योराम, सिहापी अजय कुमार र हरि सिंह सामेल छन्। उनीहरू 55 राष्ट्रिय राइफल्सका हुन्।
सेनाले पुलवामा आतङ्की हमलाको मास्टरमाइण्ड जैश आतङ्की गाजी रशिद र कामरानलाई घेरेको बताइएको छ। दुईदेखि तीनजना आतङ्की एक घरमा लुकेको छ। सुरक्षा बलले चारैतिरबाट उक्त क्षेत्रलाई घेरेको छ। भिड़न्त जारी छ।
एनकाउण्टरपछि पुलवामामा कर्फ्यु लगाइएको छ। त्यहीं क्षेत्रमा इन्टरनेट सेवालाई बन्द गरिएको छ। घेरामा परेका गाजी रशिद र कामरान दुवै जैश ए मोहम्मदका शीर्ष कमाण्डर हुन्। यद्यपि यसको अहिलेसम्म पुष्टि गरिएको छैन।