श्रीनगर, 18 फरवरी : जम्मू-कश्मीरको पुलवामामा आइतबार राति 12 बजेदेखि चलिरहेको भिड़न्तमा सुरक्षा बलले जैश-ए-मोहम्मदका दुई आतङ्की मारेको छ।
खबरका अनुसार यो भिड़न्तमा पुलवामा आत्मघाती आतङ्की हमलाका मास्टरमाइण्ड गाजी रशिद पनि मारिएको सूचना छ। यद्यपि अहिले यसको आधिकारिक पुष्टि भएको छैन। लगभग 12 घण्टादेखि चलिरहेको यो भिड़न्तमा कामरान नामक एक अन्य आतङ्की पनि मारिएका छन्।
राष्ट्रिय मीडिया ‘टाइम्स नाउ’-का अनुसार अहिले पनि 5 आतङ्की लुकेर बसेको खबर छ।
मीडिया रिपोर्ट्सका अनुसार कामरान र गाजी रशिद पुलवामा हमलापछि भाग्न सफल भएका थिए, जबकि अन्य एक आतङ्की मोहम्मद आदिल डार आत्मघाती हमलामा मारिएको थिए।
सुरक्षा एजेन्सीहरूबाट प्राप्त जानकारीका अनुसार गाजी जैशका मुखिया मौलाना मसुद अजहरका सबैभन्दा विश्वसनीय र नजिकहरूमध्ये एक हुन्।
गाजीले युद्ध तक्निक आईईडी बनाउने प्रशिक्षण तालिबानबाट प्राप्त गरेका थिए। यसैले पनि जैशले यो कार्यका लागि गाजीलाई सबैभन्दा भरोसायोग्य मान्ने गरेको बताइएको छ। जानकारीकाअनुसार गाजी रशिद नै पुलवामाका मुख्य षड़यन्त्रकारी थिए, जबकि कामरान पनि यो हमलामा गाजीसँगै संलग्न थिए।
गाजी रशिद 9 दिसम्बरको दिन सीमा पार गरी कश्मीर पसेको बताइएको छ। पुलवामा हमलापछि ती मोस्ट वान्टेड आतङ्कीलाई पक्राउ गर्नका लागि सुरक्षा बलले व्यापक तलाशी अभियान शुरु गरेको थियो। एनकाउण्टरअवधि सुरक्षा बलले आतङ्की लुकेको भवनलाई बमले ध्वस्त पारेको थियो।
यसभन्दा अघि आइतबार अबेर रातिदेखि सोमबार बिहानसम्म चलेको चलेको भिड़न्तमा 55 राष्ट्रीय राइफल्सका मेजरसमेत चार जवान शहीद भएका थिए। शहीद हुनेहरूमा डीएस ढौण्डियाल, हवल्दार शियो राम, सिपाही अजय कुमार र हरि सिंह थिए।