विमलपन्थी युमोद्वारा खरसाङ थानामा प्राथमिकी दर्ता

0
1326

खरसाङ, १८ फरवरीः पार्टी प्रमुख विमल गुरुङलाई करबीर चियाकमानस्थित सातकन्या देवी मन्दिरमा पूजा गर्न नदिएको तथा बाटो छेकेर धक्कामुक्की गरेको भन्दै विमलपन्थी युवा मोर्चाले खरसाङ थानामा प्राथमिकी दर्ता गरेको छ।

उल्लेखनीय छ, आज विमल गुरुङ करबीरस्थित सात कन्या देवी मन्दिर पुग्दा त्यहाँ उपस्थित केही युवाहरूले अनित थापा जिन्दाबादको नारा लगाएका थिए।

साथै मन्दिर र बाटो दुवै अनित थापाले बनाइदिएको भन्दै आफ्नो गाउँमा कसलाई बोलाउनु/कसलाई नबोलाउनु भन्ने कुराको निर्णयको पनि उनीहरूले गर्ने बताइरहेका थिए।

त्यसपछि यो घटनाले त्यहाँ तनाव सिर्जना भएको थियो।

यसैलाई लिएर विमलपन्थी युमो खरसाङ महकुमा समितिले आज प्राथमिकी दर्ता गरेको हो।

प्राथमिकीमा मन्दिरमा पूजा गर्न नदिने र बाटो छेकेर धक्कामुक्की गर्नेहरूविरुद्ध अनुसन्धान गरी सजाय दिनुपर्ने माग गरिएको छ।

‘विशेष आज बिहान अध्यक्ष विमल गुरुङ र हामी युवा मोर्चाका सदस्यहरू करबीर चिया कमानस्थित सात कन्या देवीस्थान मन्दिरमा पूजा अर्चना गर्न गइरहेका थियौँ। त्यसबेला त्यहाँ उपस्थित असामाजिक तत्त्वहरूले हामीलाई बाटो रोक्न खोज्दै धक्का मुक्की गरेको छ’, प्राथमिकीमा भनिएको छ, ‘हामी हिन्दू धर्मावलम्बीहरूले कुनै पनि मन्दिरमा पूजा अर्चना गर्न पाउनु जन्मसिद्ध अधिकार हो। यस्तो क्रियाकलापले हाम्रो मानव अधिकार हनन् भएको छ। यसर्थ, कृपया यस विषयमा चाँड़ोभन्दा चाँड़ो अनुसन्धान गरी ती दुष्कृतिहरूलाई सजाय दिन हुन विनम्र अनुरोध गर्दछौँ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here