बङ्गालमा कङ्ग्रेस एक्लै चुनाउ लड़्ने

0
998
प्रदेश कङ्ग्रेस अध्यक्ष सोमेन मित्र (फाइल फोटो)।

कोलकाता, १८ मार्च  : लोकसभा चुनाउ ठीकअघि  वाममोर्चा र कङ्ग्रेस गठबन्धनको सम्भावना मोटामोटी सकिएको छ। कङ्ग्रेस बङ्गालमा एक्लै चुनाउ लड़्ने भएको छ। प्रदेश कङ्ग्रेसले राज्यका सबै ४२ सीटमा एक्लै चुनाउ लड़्ने घोषणा गरेको छ।

प्रदेश कङ्ग्रेस अध्यक्ष सोमेन मित्राले यस्तो घोषणा गरेका हुन्।

आइतबार प्रदेश कङ्ग्रेस मुख्यालय विधान भवनमा भएको कङ्ग्रेस शीर्ष नेताहरूको बैठकमा यस्तो निर्णय लिइएको मित्रको भनाइ छ। बैठकपछि संवाददाताहरूसँग कुराकानी गर्दै मित्राले यसबारे जानकारी गराए। “पार्टीको सम्मान सबैभन्दा पहिलो हो”, उनले भने।

उल्लेखनीय छ, माकपाको तर्फबाट राज्यका २५ सीटमा उम्मेद्वारको घोषणा गरेपछि माकपाले कङ्ग्रेससँग गठबन्धनलाई अधिक महत्त्व नदिएको स्पष्ट भएको छ।

“केन्द्रमा भाजपा सरकारको असहिष्णुताविरुद्ध हाम्रो लड़ाइँ हो। राज्यमा शिक्षाको क्षेत्रमा भइरहेको राजनीति, महिला उत्पीड़न, हिंसाविरुद्ध हाम्रो लड़ाइँ हो’’, प्रदेश कङ्ग्रेस अध्यक्षले भने।

स्मरणरहोस्, कङ्ग्रेसले मुर्शिदाबाद र रायगञ्ज सीटमा उम्मेद्वार उतार्न चाहन्थ्यो, तर माकपाले अघिबाटै यी दुई सीटमा उम्मेद्वारको घोषणा गऱ्यो। यसका साथै पुरुलिया र बशिरहाटबाट कङ्ग्रेसले उम्मेद्वार खड़ा गर्ने सोचेको थियो, तर सरसल्लाह नगरिकनै यी दुई सीटबाट पनि माकपाले उम्मेद्वार खड़ा गऱ्यो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here