सिलगढ़ी, 18 मार्च : नक्सलबारी क्षेत्रका एक युवा नेताबाट प्रतड़ित एक गर्भवती युवतीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गर्न खोजेको घटनाले सनसनी फैलिएको छ।
पीड़ित युवतीलाई सिलगढ़ीको एक नर्सिङ होममा भर्ती गरिएको छ। महिलाको अवस्था गम्भीर रहेको बताइएको छ। आरोपी तृणमूल कङ्ग्रेसका युवा नेतालाई पक्राउ गरिनुपर्ने माग चुलिएको छ।
जानकारीका अनुसार यो घटना शनिबारको हो। यता, यो घटनालाई लिएर राजनीतिक हावा तातिएको छ। आइतबार पीड़िताकी आमाले तृणमूलका स्थानीय युवा नेता नवीन दास उर्फ बप्पा र उनको परिवारविरुद्ध मामिला दर्ता गरेकी छन्।
यो घटनालाई लिएर माकपा र भाजपाको तर्फबाट पनि आरोपी तृणमूल नेतालाई शीघ्रै पक्राउ गरिनुपर्ने माग गरिएको छ। पुलिसले आरोपीलाई शीघ्रै पक्राउ गर्ने बताएको छ। प्राप्त जानकारीका अनुसार घटनापछि आरोपी नवीन दास भागेका छन्।
पीड़ित युवतीकी आमा र उनकी आमा आरोपी तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष नवीन दास उर्फ बप्पाको घरमा भाड़ामा बस्थे। नवीन दास विवाहित हुन्। युवतीको उमेर 15 वर्षभन्दा केही बढ़ी हो। पीड़िताकी आमा र माकपा नेता गौतम दासका अनुसार यसैबीच तृणमूल युवा नेता नवीन दासले यसैबीच युवतीलाई प्रेम जालमा फँसाएर शारीरिक सम्बन्ध राख्न शुरु गरे।
केही दिन अघि युवती गर्भवती बनेको परिवारले थाहा पाएको थियो। यो कुराबारे उजुरी गर्दा नवीन दास र उनकी पत्नीले पीड़ित युवती र उनकी आमालाई कुटपिट गरेको आरोप छ।
प्रतड़ना सहन गर्न नसक्नेपछि शनिबार पीड़ित गर्भवती युवतीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गर्ने कोशिश गरेको उनकी आमाले बताइएकी छन्। युवतीलाई तत्कालै सिलगढ़ीको एक नर्सिङ होममा भर्ती गरिएको छ।
जानकारीका अनुसार युवतीको शरीर आधाभन्दा अधिक जलेको छ।