डा. हर्कबहादुर छेत्रीको समर्थनमा युवाहरू

0
1148
डा. हर्कबहादुर छेत्रीलाई समर्थन जनाउँदै चौरस्तामा बसेका युवाहरू।

दार्जीलिङ, 18 मार्च : जनआन्दोलन पार्टी (जाप) –का अध्यक्ष डा. हर्कबहादुर छेत्री नै आगामी लोकसभा चुनाउमा दार्जीलिङ संसदीय क्षेत्रका उम्मेद्वार हुनुपर्ने माग दार्जीलिङका केही युवाहरूले गरेका छन्।

सोमबार दार्जीलिङका केही युवाहरू चौरस्तामा डा. छेत्रीको समर्थनमा भेला भएका थिए। जाप प्रमुखको समर्थनमा लेखिएका पर्चा हात हातमा लिएका ती युवाहरू केही समय चौरस्तामा मौन बसेर पर्चामार्फतै मानिसहरूलाई डा. छेत्रीको उम्मेद्वारिताको औचित्य र आवश्यकता बुझाउने कोशिश गरेका थिए।

दार्जीलिङका मूलभूत समस्याहरू संसदमा सम्बोधन गर्न र समस्या समाधान गर्न सरकारलाई चाप दिने कार्यका लागि जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री नै योग्य व्यक्ति रहेकोले आफूहरू उनको समर्थनमा यसरी चौरस्तामा बसेको ती युवाहरूले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here