चुनाउ प्रचार गर्दै तृणमूल गाउँ गाउँमा : कम्सीमा 43 घर तृणमूल कङ्ग्रेसमा सामेल भएको दाबी

0
1254
तृणमूलमा सामेल भएकाहरूलाई दलको झण्डा प्रदान स्वागत जनाउँदै शान्ता छेत्री।

कालेबुङ, 18 मार्च : चुनाउ प्रचार गर्दै तृणमूल कङ्ग्रेस अहिले गाउँ गाउँमा पुगिरहेको छ। राज्यसभा सांसद एवं तृणमूल कङ्ग्रेसकी कालेबुङ जिल्ला प्रभारी शान्ता छेत्रीको अगुवाइमा तृणमूल कङ्ग्रेसले कालेबुङको गाउँ गाउँ पुगेर पार्टी उम्मेद्वार अमरसिंह राईको पक्षमा चुनाउ प्रचार शुरु गरेको छ।

यसैक्रममा सोमबार छेत्रीकै अगुवाइमा तृणमूल कङ्ग्रेसले कालेबुङ खण्ड  एक-मा पर्ने कम्सी फरेस्ट बस्तीमा चुनाउ प्रचार गऱ्यो।

यो चुनाउ प्रचार अभियानलाई शान्ता छेत्री र तृणमूल कङ्ग्रेसका चुनाउ संयोजक सुमन गुरुङले सम्बोधन गरेका थिए। सभाकै अवसरमा 43 घर परिवार  तृणमूल कङ्ग्रेसमा सामेल भएको छेत्रीले जनंसवादसँग टेलिफोनिक कुराकानीअवधि बताएकी छन्।

उनले आफ्नो सम्बोधनमा स्थानीय मानिसहरूलाई तृणमूल कङ्ग्रेसका उम्मेद्वार अमरसिंह राईको पक्षमा मतदान गरी फराकिलो अन्तरले विजयी बनाउने अपील गरिन्।

यसका साथै छेत्रीले राज्यकी मुध्यमन्त्री एवं पार्टी सुप्रिमो ममता ब्यानर्जीले पहाड़को सर्वाङ्गीण विकासका प्रतिबद्ध रहेको र पहाड़को विकासका लागि कार्य गरिरहेको बताउँदै कम्सी फरेस्ट बस्तीमा रहेको पानी, बाटो र स्वास्थ्य उपचार केन्द्रको  समस्या पनि समाधान गर्नका लागि पहल गर्ने आश्वासन दिइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here