देशमा कोरोनाको सङ्क्रमण फेरि बढ़्दै

0
1153

नयाँ दिल्ली, १८ मार्चः देशमा कोरोनाको सङ्क्रमणमा फेरि वृद्धि भएपछि चिन्ता बढ़ेको छ। बुधबार ३५,८३८ कोरोना सङ्क्रमणको नयाँ मामिला प्रकाशमा आयो।

यो सङ्ख्या पछिल्लो १०१ दिनमा सर्वाधिक हो। ५ दिसम्बरका दिन ३६,०१० मामिला प्रकाशमा आएको थियो। त्यसपछि यो सङ्ख्या लगातार घटिरहेको थियो। यद्यपि केही दिनपछि देशमा कोरोना सङ्क्रमणको मामिलामा वृद्धि भइरहेको छ।

हिजो कोरोना सङ्क्रमणका ३५,८३८ नयाँ मामिला प्रकाशमा आउनका साथै १७१ जनाको मृत्यु भएको छ। १७,७९३ निको भएर घर फर्किए।

कोरोना भाइरसको सक्रिय मामिला (एक्टिभ केस) २ लाख ४९ हजार १९७ रहेको छ।

covid19india.org-मा उल्लिखित आँकड़ाका अनुसार अहिलेसम्म देशमा कुल १ करोड़ १४ लाख ७४ हजार ३०२ मानिस कोरोना भाइरसको चपेटमा आइसकेका छन्, जसमध्ये १ करोड़ १० लाख ६१ हजार १७९ निको भइसकेका छन्, जबकि १ लाख ५९ हजार २५० जनाको मृत्यु भइसकेको छ।

बुधबार महाराष्ट्रमा कोरोनाको २३,१७९ नयाँ मामिला पाउनका साथै ८४ जनाको मृत्यु भयो, जबकि ९,१३८ जना निको भएर घर फर्किए।

राज्यमा कोरोनाको दोस्रो लहरको पुष्टि गरिएको छ। यस महामारीलाई रोक्नका लागि राज्य सरकारले राज्यमा कतिपय प्रतिबन्ध लगाउन शुरू गरेको छ।

पुणेमा कोरोना बढ़्दो सङ्क्रमणकै कारण स्कूल-कलेजलाई ३१ मार्चसम्मका लागि बन्द राख्ने निर्देश जारी गरेको छ।

त्यस्तै पञ्जाबमा कोरोनाको मामिला बढ़्न थालेपछि रात्रि कर्फ्यु लगाउने घोषणा गरिएको छ। यसका साथै राज्यका ८ जिल्लाका सबै स्कूलमा नवौँदेखि एघारौँ श्रेणीका विद्यार्थीहरूलाई छुट्टी दिइएको छ।

महाराष्ट्र र पञ्जाबमा मात्र होइन, गुजरात, दिल्ली, राजस्थानमा पनि कोरोना सङ्क्रमणमा वृद्धि शुरू भएऐको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here