अवस्था थापालाई सर्वोत्कृष्ट बाल कलाकार पुरस्कार

0
990

सिलगढी, १८ अप्रेलः खरसाङ गाडीधुरा निवासी प्रतिभाशाली बाल कलाकार अवस्था थापाले राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट बाल कलाकारको पुरस्कार जित्न सफल बनेकी छन्।

नेपाली साहित्यकी चर्चित लेखिका झमक घिमिरेमाथि बनिएको बायोपिक ‘जीवन काँडा कि फूल’-मा सानी झमकको अभिनय अत्यन्त राम्रो र प्रभावकारी ढङ्गमा गरेकी अवस्थाले यो पुरस्कार प्राप्त गरेकी हुन्।

हिजो नेपालको राजधानी काठमाडौँमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको करकलमबाट अवस्थालाई सर्वोत्कृष्ट बाल कलाकारको पुरस्कार अर्पण गरियो।

अवस्था थापा बेस्ट चाइल्ड अवार्ड र चलचित्र जीवन काँडा कि फूलका निर्देशक विनोद विष्ट वेस्ट डाइरेक्टर अवार्डका लागि नोमिनेसनमा परेका थिए।

गाडीधुरा बजारनिवासी  जीवन थापा र रेगिना थापाकी छोरी अवस्था अभिनयसँगै नृत्यमा पनि उत्तिकै पोख्त छिन्। उनले भारतको सोनी च्यानलद्वारा प्रसारित रियालिटी सो सुपर डान्सरमा समेत आफ्नो प्रतिभा देखाइसकेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here