सिलगढ़ी, १८ मईः सिलगढ़ीमा दुईजना कोरोना सङ्क्रमित बनेको जानकारी पाइएको छ।
बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादको अनलाइन संस्करणमा प्रकाशित समाचारका अनुसार यी दुवैको रिपोर्ट सोमवार (आज) बिहान पोजिटिभ आएको हो।
जानकारीका अनुसार दुवैजना होम क्वारेन्टिनमा थिए। जिल्ला स्वास्थ्य विभागले उनीहरूको कोरोना जाँच रिपोर्ट पोजिटिभ आएको बताएको छ।
यद्यपि यसबारे विस्तृत समाचार आउन बाँकी छ। रिपोर्ट पोजिटिभ आएकाहरू सिलगढ़ी नगरनिगम क्षेत्रका रहेको बताइएको छ। उनीहरू एकजना देशबन्धुपाड़ा र अर्का डाँगीपाड़ानिवासी हुन्। दुवैजना केही दिन अघि मात्र बाहिरबाट सिलगढ़ी फर्केका थिए भने उनीहरू होम क्वारेन्टिनमा थिए।
यसभन्दा अघि सिलगढ़ी नगरनिगम क्षेत्रमा कोरोना सङ्क्रमण मामिला प्रकाशमा आएको थिएन। यी दुईजनाको रिपोर्ट पोजिटिभ आएपछि शहरवासीमा कोरोनाको डर बढ़ेको छ।