संसदभित्र ‘जय गोर्खा’, विष्ट र सुब्बाले लिए नेपालीमा शपथ

0
2015
नेपाली भाषामा शपथ लिँदै सिक्किमका सांसद इन्द्रहाङ सुब्बा।

दार्जीलिङ, १८ जून : दार्जीलिङका सांसद राजु विष्ट र सिक्किमका सांसद इन्द्रहाङ सुब्बाले मङ्गलबार सांसद सदस्यको शपथ नेपाली भाषामा लिए भने अर्का गोर्खा सांसद माला राज्यलक्ष्मी शाहले भने अङ्ग्रेजी भाषामा शपथ लिइन्।

शुरु सिक्किमका एक मात्र सांसद इन्द्रहाङ सुब्बाले नेपाली भाषामा शपथ लिए। हिजो जनसंवादसँग कुराकानीअवधि उनले शपथ नेपाली भाषामा लिने बताएका थिए।

त्यसपछि अपराह्न उत्तराखण्डको टिहरीकी सांसद माला राज्यलक्ष्मी शाहले अङ्ग्रेजी भाषामा शपथ लिइन्। उनले शपथ लिएको केही घण्टापछि दार्जीलिङका सांसद राजु विष्टको शपथको पालो आएको थियो।

ढाका टोपी र दौरा सुरुवाल पहिरिएर संसद पुगेका विष्टले नेपाली भाषामा मात्र शपथ लिएनन्, तर संसदभित्र ‘जय गोर्खा’-को नारा पनि लगाए। संसदमा जय गोर्खाको नारा लगाउने उनी पहिलो गोर्खा सांसद पनि बनेका छन्।

उल्लेखनीय छ, यसपटक संसदमा तीन गोर्खा सांसद पुगेका छन्, जसमध्ये राजु विष्ट (दार्जीलिङ), इन्द्रहाङ सुब्बा (सिक्किम) र माला राज्यलक्ष्मी शाह (टिहरी उत्तराखण्ड) हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here