गोर्खाल्याण्डका लागि बिष्टलाई दबाव दिन भारती गुट गोर्खा लीग आमरण अनशन बस्ने

0
1031

दार्जीलिङ, १८ जुलाईः छुट्टै राज्य गोर्खाल्याण्डका लागि सांसद राजु बिष्टलाई दबाव दिन भारती गुट गोर्खा लीग अनशन बस्ने भएको छ।

आज दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टी महासचिव एसपी शर्माले यसबारे जानकारी गराएका हुन्।

शर्माका अनुसार अनशन आउँदो १ अगस्तदेखि बसिनेछ। शुरूमा यो अनशन दुईदिने हुन्छ।

यदि यी दुईदिने अनशनको समयावधि पनि बिष्ट र भाजपाका घटक दलहरूबाट कुनै उत्तर नआएमा दुईदिने अनशन आमरण अनशन परिणत हुने उनले बताए।

भारती गुट गोर्खा लीगका महासचिवले बताएअनुसार पहाड़का राजनीतिक दल र सङ्गठनहरू साँच्चै जनता र गोर्खाल्याण्डको पक्षमा छन् भने ती राजनीतिक दलहरूले उक्त अनशनमा सहभागिता जनाउनुपर्नेछ।

बिष्टले मात्र होइन, तृणमूल कङ्ग्रेसकी राज्यसभा सांसद शान्ता छेत्रीले पनि संसदमा जनता गोर्खाल्याण्डको आवाज उठाउनुपर्ने एसपी शर्माको भनाइ छ।

यसैगरी पहाड़का कङ्ग्रेसी नेताहरूले आफ्ना दलका सांसद र नेताहरूलाई पनि छुट्टै राज्य गोर्खाल्याण्डका लागि बोल्न प्रेरित गर्नुपर्ने पनि शर्माले थप बताएका छन्।

सबैलाई अनशनमा सहभागी बन्न अपील गर्दै उनले भने, “मुद्दासँग तपाईंहरूलाई सरोकार छ/छैन, त्यो प्रमाणित गर्न पनि अनशनमा सहभागी बन्नुस्। अगस्तको पहिलो साता हामी बृहत् रूपमा कार्यक्रम गर्न गइरहेका छौँ। अनि सांसद राजु बिष्टलाई हामी स्पष्ट सन्देश दिनचाहन्छौँ- अगस्तको पहिलो साता हाम्रो मुद्दा राष्ट्रिय समाचारमा आउनुपर्छ; चाहे त्यो तपाईंले बोलेर होस् या तपाईंको राजीनामाले होस्। अथवा हाम्रो जुन आमरण अनशन छ, त्यो आमरण अन्त्य हुन्छ। तपाईंले यी दुवै काम नगरेको खण्डमा कसै न कसैको अन्त्य हुन्छ। यी तीनै घटनामा राष्ट्रिय न्युज बनिनेछ।”

एसपी शर्माले थपे, “अब कसरी राष्ट्रिय न्युज बनिनेछ, हामी प्रतीक्षा गरिरहेका हुनेछौँ।”

अर्कोतिर, भोलिदेखि मनसुन सत्र शुरू भइरहेको तर मनसुन सत्रमा चर्चा हुने सूचीमा गोर्खाका एउटै मुद्दा नरहेका बताउँदै बिष्टमाथि कटाक्ष गरे।

यति मात्र होइन, गोर्खाका दुवै मुद्दाबारे भाजपा र सांसद बिष्ट मौन रहँदा पनि घटक दलहरू चुपचाप बसेकाले उनीहरूको इमानदारीमाथि शङ्का गर्नुपर्ने पर्याप्त ठाउँ रहेका शर्माले थप बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here