वार्तामा म गोर्खाल्यान्डकै कुरा गर्छुः बिष्ट

0
887

कालेबुङ, १८ अगस्तः दार्जिलिङ पहाड़, तराई डुवर्सको स्थायी राजनीतिक समाधानका लागि सेप्टेम्बर महिनाको पहिलो सातामा हुने भनिएको त्रिपक्षीय वार्तामा जनप्रतिनिधिको नाताले आफूले गोर्खाल्यान्डकै कुरा गर्ने सांसद राजु बिष्टको दावी छ।

उनले आज कालेबुङमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो दावी गरेका हुन्।

“गोर्खा हुनुको नाताले स्थायी राजनीतिक समाधानका लागि वार्ता हुँदा म गोर्खाल्यान्डकै कुरा गर्छु। किनभने म भारतीय जनता पार्टीका सांसद हुँ”, बिष्टले थपे, “तर त्योभन्दा पहिलो म यस क्षेत्रका जनताका सांसद हुँ। जनताप्रति मेरो जुन कर्तव्य र उत्तरदायित्व छ, त्यो अवश्यै म निर्वाह गर्नेछु।”

उनले अहिलेको समयमा स्थायी राजनीतिक समाधानका लागि केही प्रतीक्षा गर्नुपर्ने बताए। किनभने वार्ता शुरू भएपछि यसको प्रक्रिया पनि अघि बढ़्ने सांसदको भनाइ छ।

यति मात्र होइन, एक-दुई दिनभित्रै गृह मन्त्रालयले त्रिपक्षीय वार्ताका लागि पत्र पठाउने पनि राजु बिष्टले बताए। वार्ता राजनीतिक र सचिव दुवै स्तरमा हुने उनको दावी छ।

अर्कोतिर उनले एक प्रश्नको उत्तर दिँदै बङ्गाल विभाजन हुन्छ/हुँदैन, त्यो त्रिपक्षीय वार्ताले तय गर्ने बताए। त्रिपक्षीय वार्ताले तय गर्ने कुरा पत्रकार सम्मेलनमा भन्न नमिल्ने बिष्टको भनाइ थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here