कालेबुङ, १८ अगस्तः गोजमुमो १ कालेबुङ जिल्ला समितिका कार्यकारी अध्यक्ष सामुएल गुरुङ बनेका छन्।
उनलाई आज यस पदमा नियुक्ति गरिएको हो।
कालेबुङ जिल्ला समितिलाई अझ सुदृढ़ बनाउन केन्द्रीय समिति सदस्य गुरुङलाई जिल्ला समितिका कार्यकारी अध्यक्ष नियुक्ति गरिएको जिल्ला प्रवक्ता भुवन पी. खनालले जानकारी गराएका छन्।
आज केन्द्रीय समितिको बैठकपछि जिल्ला समितिको आकस्मिक सभा बसिएको थियो। यसै सभामा गुरुङलाई जिल्ला समितिका कार्यकारी अध्यक्ष चयन गरिएको हो।
पार्टीका संस्थापक अध्यक्ष विमल गुरुङको उपस्थितिमा सम्पन्न सभामा जिल्ला अध्यक्ष डा. आरबी भुजेललगायत केन्द्रीय सदस्यहरू उपस्थित थिए।