महानायक अमिताभ बच्चन पछिल्ला तीनदेखि अस्पतालमा उपचाराधीन छन्। जानकारीका अनुसार लिवर (कलेजो)-मा समस्या देखिएपछि उनलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ती गरिएको छ।
जानकारीका अनुसार लिवरको समस्या बढ़ेपछि उनलाई मङ्गलवार बिहानै २ बजे नानावटी अस्पतालमा भर्ती गरिएको हो। यद्यपि अस्पतालमा भर्ती गरिएको कुरालाई गोप्य राखिएको थियो।
रिपोर्ट्सका अनुसार परिवारका सदस्यहरूबाहेक बाहिरका अन्य कसै व्यक्तिलाई पनि उनीसँग भेट्न दिइरहेको छैन।
डाक्टरहरूले उनलाई आराम गर्ने सुझाएका छन्। अस्पताल सूत्रका अनुसार महानायक बच्चनको स्वास्थ्यमा धेरै सुधार आएको छ।
प्रख्यात ग्यास्ट्रोएण्टेरोलजिस्ट डा. बर्वेको देखरेखमा अमिताभ बच्चनको उपचार चलिरहेको छ। उनले नै अमिताभ बच्चनको स्वास्थ्यको देखरेख गर्नेगर्छन्।
उल्लेखनीय छ, आफ्नो लिवरले केवल २५ प्रतिशत काम गरिरहेको कुरालाई स्वयं अमिताभ बच्चनले धेरै ठाउँ बताइसकेका छन्।