सदनमा राजु विष्टले प्रश्न होइन, सरकारी बिल ल्याएको हुनुपर्छः विनय

0
1176
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, १८ नोभेम्बर: सांसद राजु विष्ट र भारतीय जनता पार्टीले पहाड़का जनतामा पुनः एकपटक धुलो हाल्ने प्रयास गरिरहेको गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले लगाएका छन्।

विनयले यस्तो आरोप दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान र ११ जातगोष्ठीलाई जनजातिको मुद्दासम्बन्धमा यस्तो आरोप लगाएका हुन्।

गोर्खाल्याण्ड र जनजातिको मुद्दाको मुद्दा फत्ते गर्छु भनेर लोकसभा चुनाउ जितेका सांसद राजु विष्टले भोलि लोकसभाको शीतकालीन सत्रमा ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउनुपर्ने विषयमा प्रश्न राख्ने जाननकारी पाइएको छ’, सोमवार एक प्रेस विज्ञप्ति जारी गरी तामाङले भनेका छन्, सांसद राजु विष्ट र भाजपा यदि इमानदार छन् भने शीतकालीन सत्रमा जनजाति र गोर्खाल्याण्डको मुद्दामाथि सांसद राजु विष्ट र भाजपाले प्रस्ताव पारित गर्नुपर्ने हो।

तामाङका अनुसार जसरी जम्मू-कश्मीरको मुद्दामाथि निर्भीकतासँग निर्णय लियो, त्यसरी नै दार्जीलिङ पहाड़को मुद्दामाथि पनि निर्णय लिइनु पर्ने हो। तर, यसो गरेर जनजातिको मुद्दामाथि पनि केवल प्रश्न उठाउने काम मात्रै भएको छ। देशका प्रधानमन्त्री र स्वयं सांसद विष्टले गोर्खा जातिलाई जनजातिको दर्जा दिने वाचा दिइसकेका छन्’, , विनयपन्थी मोर्चाका अध्यक्षले प्रश्न गर्दै भनेका किन विष्टले जनजाति मन्त्रालयका मन्त्रीलाई संसदमा प्रश्न गर्नुपर्ने बाध्यता आयो? के यो पहाड़वासीसको जनाकांक्षामाथि विश्वासघात गर्ने षड़यन्त्र त होइन? सांसदमा राजु विष्टले प्रश्न होइन, सरकारी बील ल्याउनुपर्छ।

उनले थप भनेका छन्, लोकसभामा सांसद राजु विष्टले जनजातिको मुद्दामाथि यसरी प्रश्न मात्र उठाउनु भनेको भाजपा र अनि सांसद राजु विष्टले पहाड़का जनताको सहानुभूति बटुल्न र पहाड़वासीको आँखामा धुलो हाल्न तँकुटेजस्तो गर, म रोएजस्तो गर्छुभनेजस्तो मात्र हो।

यसका साथै विनयले विज्ञप्तिमार्फत् विष्टले लोकसभामा जनजातिको मुद्दामाथि प्रश्न राख्नभन्दा जनजातिको मुद्दासँगै गोर्खाल्याण्डको ठोस निर्णय लिन भाजपालाई चाप दिनुपर्ने तथा शीतकालीन सत्रमा यी दुई मुद्दामा भाजपाले ठोस निर्णय लिनुपर्ने माग पनि गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here