केन्द्रलाई चाप दिन जीएसएसएसको धरना, प्रधानमन्त्री र गृहमन्त्रीलाई गोर्खाल्याण्डको मागमा ज्ञापन

2
1800
जन्तर मन्तरमा जीएसएसएसले दिएको धरना।

नयाँ दिल्ली, १८ नोभेम्बरः दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानका लागि केन्द्र सरकारमाथि दबाउ दिन गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले सोमवारदेखि जन्तर मन्तरमा साङ्केतिक धरना शुरु गर्नका साथै छुट्टै राज्य गोर्खाल्याण्डको मागमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई ज्ञापन चढ़ाएको छ।

जीएसएसएसले दार्जीलिङ स्थायी पहाड़को स्थायी राजनीतिक समाधान छुट्टै राज्य गोर्खाल्याण्ड नै हुनुपर्ने अड़ान पनि राखेको छ।

यसैले धरना कार्यक्रमपछि सांसद राजु विष्टलाई भेट्न गएको जीएसएसएसको प्रतिनिधि टोलीले स्थायी राजनीतिक समाधानको विषयलाई स्पष्टसँग केन्द्र सरकारलाई बुझाउनका लागि यसको मुद्दा उठान गर्दा छुट्टै राज्य गोर्खाल्याण्ड भनेरै उल्लेख गरिनुपर्ने माग गरेको छ।

अर्कोतिर आज दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानको मुद्दालाई संसदमा उठान गरेकोमा उनीहरूले सांसद विष्टप्रति आभार प्रकट गरेको जीएसएसएस अध्यक्ष किरण बिकेले बताएका छन्।

उनका अनुसार प्रधानमन्त्री र गृहमन्त्रीलाई चढ़ाएको गोर्खाल्याण्ड मागको ज्ञापनको प्रतिलिपि सांसद विष्टलाई पनि चढ़ाउँदै आगत दिनमा अझ प्रभावकारी र स्पष्टसँग यो मुद्दालाई उठान गर्ने माग पनि जीएसएसएसले गरेको छ।

दार्जीलिङ पहाड़को स्थायी समाधान छुट्टै राज्य गोर्खाल्याण्ड नै हुनुपर्छ। किनभने छुट्टै राज्यको गठनले मात्र यसको पूर्ण र स्थायी समाधान गर्नेछ, किरण बिकेले थपे, हामी यो मागमा केन्द्र सरकारमाथि दबाउ बनाउन चाहन्छौं। त्यसैले आजदेखि साङ्केतिक धरना शुरु गरेका हौं। हामी एक-दुई दिनभित्रै केन्द्रिय समितिको बैठक गरी धरना साप्ताहिक रूपमा या दैनिक रूपमा गर्ने भन्नेबारे निर्णय लिनेछौं।

उनले जानकारी गराएअनुसार यसबारे ठोस रणनीति बनाउनका लागि गोर्खाल्याण्डपन्थी राजनीतिक दल र सङ्घ-संस्थाहरू जीएसएसएसले सम्पर्क गरिरहेको छ।

हाम्रो एक मात्र लक्ष्य भनेको छुट्टै राज्य हो। यसैले गोर्खाल्याण्डपन्थी दल र सङ्ठनहरूलाई लिएर हामी ठोस रणनीति बनाएर अघि बढ़्न चाहन्छौं, जीएसएसएस अध्यक्षले थपे।

2 टिप्पणी

  1. एकदमै सही र सान्दर्भिक आन्दोलन गर्नु भई रहेकोछ। त्रैपाक्षिक बैठक भनेर सांसद राजु बिष्ट जीले पहाडको समस्याहरुबारे कुनै निर्दिष्ट तालिका बिना गलत सूचना प्रवाह गरिरहनु भएका छन्।

  2. एकदमै सही र सान्दर्भिक आन्दोलन गर्नु भई रहेकोछ। तर त्रैपाक्षिक बैठक भनेर सांसद राजु बिष्ट जीले पहाडको समस्याहरुबारे कुनै निर्दिष्ट तालिका बिना गलत सूचना प्रवाह गरिरहनु भएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here