तूफानगञ्ज, 18 नोभेम्बरः कोचबिहार जिल्लाको तूफानगञ्जमा भाजपा कार्यकर्तालाई मृत अवस्थामा पाइएपछि स्थिति तनाउपूर्ण बनेको छ।
मृतकको पहिचान 55 वर्षीय कालाचन्द कर्मकारको रूपमा भएको छ। जानकारीका अनुसार उनी भाजपाका बूथ कमिटीका सचिव थिए।
यसैबीच मृतकका परिवारले कालाचन्द कर्मकारको हत्या तृणमूल कङ्ग्रेसका ‘गुण्डा’-हरूले गरेको आरोप लगाएका छन्।
कुटेरै उनको हत्या गरिएको बताइएको छ। यद्यपि पुलिसले कर्मकारको हत्यामा राजनीतिक लिङ्क नरहेको दावी गरेको छ।
पुलिसका अनुसार एक व्यक्तिलाई हिरासतमा लिएर केरकार गरिँदैछ।
मिडिया रिपोर्टका अनुसार भाजपा कार्यकर्तामाथि भएको हमलामा अन्य दुई व्यक्ति पनि घाइते भएका छन्।
यो हमला तूफानगञ्जको नकटिगाछ ग्राम पञ्चायतको चमटास्थित करमापाड़ा क्षेत्रमा भएको हो।
न्यूज एजेन्सी एएनआईका अनुसार यस मामिलामा एक व्यक्तिलाई हिरासतमा लिएर पुलिसले केरकार गरिरहेको छ। घटनापछि क्षेत्रमा तनाव सिर्जना भएको छ।