कोलकाता, 19 जनवरी : प्रदेश कङ्ग्रेसका अध्यक्ष सोमेन मित्राले आगामी लोकसभा चुनाउमा तृणमूल कङ्ग्रेससँग कङ्ग्रेसको कुनै गठबन्धन नहुने स्पष्ट पारेका छन्। उनले भने, “तपाईंहरूले लेखेर राख्नुहोस्, मैले जे भनिरहेको छु, वास्तवमा त्यो नै हुनेछ।”
उनका अनुसार पश्चिम बङ्गालमा कङ्ग्रेस तृणमूल कङ्ग्रेसविरुद्ध जारी रहनेछ। यसबाहेक अर्को कुनै प्रश्नै छैन। प्रदेश कङ्ग्रेसको मुख्यालय विधान भवनमा आयोजित संवाददाता सम्मेलनमा सोमेन मित्रले तृणमूल कङ्ग्रेससँग गठनबन्धन नहुने स्पष्ट पारे।
उल्लेखनीय छ, तृणमूल कङ्ग्रेसको ब्रिगेड सभाको एकदिनअघि राहुल गान्धीले ममता ब्यानर्जीलाई चिट्ठी पठाएर समर्थन जनाइसकेका छन्। साथै यो ब्रिगेड र्याली र सभामा कङ्ग्रेसका मल्लिकार्जुन खड़गे र अभिषेक मनु सिङ्घवी सामेल भएपछि आगामी चुनाउमा राज्यमा कङ्ग्रेस-तृणमूलको गठबन्धनको चर्चा चुलिएको छ।