नयाँ दिल्ली, १९ मार्चः जारी आईसीएसई र आईएससी परीक्षा स्थगित गरिएको छ। कोरोना भाइरसको बढ़्दो खतरालाई ध्यानमा राखेर आईएसई बोर्डले दशौं र बाह्रौं श्रेणीको बोर्ड परीक्षालाई बीचैमा स्थगित गर्ने निर्णय गरेको हो।
काउन्सिल फर द इन्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन (सीआईसीएसई)-का मुख्य कार्यकारी गेरी अराथुनले यसबारे जानकारी गराएका हुन्।
स्थगित भएका परीक्षाहरूको मिति ३१ मार्चपछि तय गरिनेछ। १९ देखि ३१ मार्चभित्रका रहल परीक्षालाई आईएसई बोर्डले स्थगित गरेको हो।
उल्लेखनीय छ, हिजै मात्र कोरोना भाइरसकै खतरालाई ध्यानमा राखेर केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई)-ले हाइस्कूल र इन्टरमिडिएटको बोर्ड परीक्षा ३१ मार्चसम्मका लागि स्थगित गरेको थियो।
सीबीएसईले एक नोटिस जारी गरी १९ मार्चदेखि ३१ मार्चभित्र निर्धारित परीक्षालाई स्थगित गरेको हो। अब परीक्षाको नयाँ मिति ३१ मार्चपछि तय गरिनेछ।