नयाँ दिल्ली, 19 मार्चः निर्भयाकाण्डका चारैजनालाई भोलि 5.30 बजे फाँसी दिइनेछ। यसअघि फाँसीको सजाय घरी घरी टर्दै आइरहेको थियो।
आज सर्वोच्च न्यायालयले दोषीमध्येका एक पवन गुप्ताको क्यिरेटिभ पिटिशनलाई खारेज गऱ्यो।
यसका साथै पवन र अक्षयको दया याचिकालाई पनि राष्ट्रपतिले महत्त्व दिएनन्। राष्ट्रपतिले दया याचिकामाथि विचार नगरेकै कारण चारैजना आरोपीलाई भोलि बिहान 5.30 बजे फाँसी दिने बाटो खुलेको हो।
निर्भयाकाण्डका एक दोषी पवन गुप्ताले आफैलाई किशोर बताउँदै सर्वोच्चमा क्युरेटिभ पिटिशन दर्ता गरेका थिए, जसलाई पुनः सर्वोच्च न्यायालयले खारेज गरेको हो।
एएनआईको सहयोगमा