जीटीएका विभिन्न नाकामा जाँच शुरु, अनित थापा आफै ओर्लिए सड़कमा

0
1004

खरसाङ, 19 मार्चः कोरोना भाइरसको बढ़्दो प्रकोपबाट बच्नका लागि सुरक्षा उपायस्वरूप आजदेखि जीटीए क्षेत्रका विभिन्न नाकामा कठोर जाँच शुरु भएको छ।

जाँच कार्यमा आज जीटीए बीओएका अनित थापा स्वयं पनि ओर्लेका छन्।

आज पहाड़मागी वाहनहरूको जाँचबारे निरीक्षण गर्नका लागि थापा सिमलबारीनजिक रोहिणी गेट पुगेका थिए। यसै ठाउँमा पहाड़मागी वाहनहरूको जाँच चलिरहेको छ।

यसअवधि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले कोरोना भाइरसबाट दार्जीलिङ पहाड़बाट सुरक्षित राख्नका लागि सामूहिक प्रतिबद्धताको खाँचो रहेको औंल्याए।

यसका साथै जाँच चलिरहेको सबै नाकामा आफू पुगेर निरीक्षण गर्ने पनि थापाले बताएका छन्।

यसैगरी उनले जनसाधारणलाई कोरोना भाइरसबाट बच्नका लागि मानिसहरूलाई सतर्कता अपनाउन सुझाएका छन्।

साथै पहाड़बाट बिस्तारै पर्यटकहरू आ-आफ्ना घरतर्फ फर्किन शुरु गरेको पनि बताए।

उल्लेखनीय छ, हिजो लालकोठीमा कोरोना भाइरसलाई लिएर सम्पन्न उच्चस्तरीय बैठकमा आजदेखि जीटीए क्षेत्रका सबै नाकामा जाँच शुरु गर्ने तथा पहाड़मा पर्यटकहरूको आगमनमा रोक लगाउने निर्णय लिइएको छ।

त्यसै निर्णयका अनुसार जीटीए क्षेत्रका विभिन्न नाकाहरूमा जाँच शिविर स्थापित गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here