खरसाङ, १९ मार्चः आफ्नो पार्टीका उम्मेदवारलाई जिताएरै छाड़्ने ठोकुवा विनयपन्थी मोर्चाले गरेको छ।
यस्तो ठोकुवा विनयपन्थी मोर्चा खरसाङ चुनाउ समितिका संयोजक मोहन लामाले गरेका हुन्।
उनका अनुसार आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन भनेरै आज चुनाउ कार्यालय खोलिएको हो।
खरसाङको पार्क लोकेसनमा विनयपन्थी मोर्चाको चुनाउ कार्यालयको आज उद्घाटन गरियो।
यसअवसरमा पार्टी नेतृत्वहरूको उपस्थिति रहेको थियो।
“चुनाउ नागरिक अधिकारको कुरा हो। यही चुनाउमार्फत् हामी हाम्रा नेताको चयन गर्छौं। पहाड़लाई अहिले चाहिएको असल नेतृत्व साथै हाम्रो घरलाई आफ्नै भरमा उभ्याउने राजनीतिक दल हो”, कार्यालय उद्घाटनपछि बोल्दै मोहन लामाले थपे, “हामीले यो चुनाउलाई सजिलोसँग लिएका छैनौँ। खरसाङ विधानसभा क्षेत्रका हाम्रा उम्मेदवारलाई जिताउनु नै यो कार्यालयको स्थापित भएको हो। हामी हाम्रो उम्मेदवारलाई जिताएरै छाड़्नेछौँ।”