दार्जीलिङ, 19 अप्रेल : सिलगढ़ीको कावाखालीस्थित दिसन हस्पिटलको आइसोलेशनमा दुईजना भर्ना भएका छन्।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा आज (19 अप्रेल)-का दिन जारी हेल्थ बुलेटिनका अनुसार भर्ना भएका दुवैजना मङ्पूनिवासी हुन्।
अर्कोतिर, उत्तरबङ्गाल मेडिकल कलेज एवं अस्पतालको आइसोलेशन वार्डबाट खरसाङनिवासी एकजना व्यक्तिलाई छुट्टी दिइएको पनि बुलेटिनमा बताइएको छ।
बुलेटिनका अनुसार अहिले गोरुबथानको माथिल्लो फागुको आईटीआईमा बनाइएको क्वारेण्टाइन सेण्टरमा 16 जना राखिएका छन्।
उल्लेखनीय छ, कालेबुङको दिशा सेण्टर र मारवाड़ी भवनमा क्वारेण्टाइनमा रहेका सबैको जाँच रिपोर्ट नेगिटिभ आएपछि केही दिनअघि उनीहरूलाई छुट्टी दिइएको छ।
दार्जीलिङ जिल्लाबाट अब एकैजना कोरोना सङ्क्रमित नर्स डा. च्याङ सुपर स्पेशिअलिटी हस्पिटलमा उपचाराधीन छिन्।
उत्तर बङ्गाल मेडिकल कलेज एवं हस्पिटलमा कार्यरत् तीनधारेनिवासी ती नर्स केही दिनअघि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।
उनको उपचार अहिले डा. च्याङ सुपर स्पेशिअलिटी हस्पिटलमा उपचार चलिरहेको छ।
अर्कोतिर यसै हस्पिटलमा उत्तर बङ्गाल मेडिकल कलेज एवं हस्पिटलमै कार्यरत् सिलगढ़ीनिवासी अर्की नर्स, उनका पति र आमा पनि अहिले उपचाराधीन छन्। उनीहरू तीनैजना केही दिनअघि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो।
धजिया चियाबारी चामुङ ग्रुुप अफ कम्पनीका सबै श्रमिकले माक्स, सेनिटाईजर,कामको अवधिमा गरम पानीको सुबिधा ब्यवस्था दिनुभएकोमा छ ।