नीरज जिम्बाविरुद्ध स्वराज थापाले गरे चुनाउ आयोगलाई उजुरी

0
1158
नीरज जिम्बाविरुद्ध उजुरी गर्दै स्वराज थापाले चुनाउ आयोगलाई लेखेको पत्र।

दार्जीलिङ, १९ मई : भारतीय जनता पार्टीका उम्मेदवार नीरज जिम्बाको फेसबुक पोस्टलाई लिएर स्वतन्त्र उम्मेदवार स्वराज थापाले चुनाउ आयोगसमक्ष उजुरी गर्दै पत्राचार गरेका छन्। वास्तवमा चुनाउ प्रचार सकिएपछि जिम्बाले आज बिहान आफ्नो फेसबुकमा गरेको पोस्टलाई थापाले आदर्श चुनाउ आचार संहिताको उल्लङ्घन बताउँदै उजुरी गरेका बताएका छन्।

जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै कङ्ग्रेस र क्रामाकपा समर्थित स्वतन्त्र उम्मेदवार स्वराज थापाले भने, “भाजपा उम्मेदवार नीरज जिम्बाले फेसबुकमा जुन पोस्ट गरेका छन्, त्यो चुनाउ आचार संहिताको उल्लङ्घन हो। त्यसैले मैले यो कुरालाई संज्ञान लिएर कारबाही गरिनु मागमा चुनाउ आयोगलाई पत्राचार गरेको हुँ।”

फेसबुक पोस्ट मात्र होइन, जिम्बाले आफ्नो वाहनमा भाजपाको चुनाउ चिह्न लगाएर हिँड़िरहेको थापाले बताएका छन्।

भाजपा उम्मेद्वारले मात्र होइन तर विनयपन्थी गोजमुमोले पनि चुनावी आचार संहिताको उल्लङ्घन गरिरहेको थापाको आरोप छ। एकप्रकारले उनले निष्पक्ष चुनाउमाथि शङ्का प्रकट गरिरहेका छन्। केन्द्र र राज्यको आशीर्वाद पाएका नीरज जिम्बा र विनय तामाङ तथा उनीहरूका समर्थकहरूले आचार संहिताको उल्लङ्घन गरिरहँदा कसरी निष्पक्ष चुनाउ हुनसक्छ त भन्ने उनको प्रश्न छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here