निष्पक्ष चुनाउमाथि नीरज जिम्बाको प्रश्न, भने- धेरै ठाउँ फल्स भोट हुँदैछ

0
1122
भाजपा उम्मेदवार नीरज जिम्बा।

दार्जीलिङ, १९ मई : भारतीय जनता पार्टीका उम्मेदवार नीरज जिम्बाले निष्पक्ष चुनाउमाथि प्रश्न उठाउँदै दार्जीलिङ विधानसभाका प्रायः सबै मतदान केन्द्रमा फल्स भोटिङ भइरहेको गम्भीर आरोप लगाएका छन्। जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै जिम्बाले भने, “प्रायः सबै केन्द्रमा फल्स भोटिङ भइरहेको छ। जनता आफूसँग नरहेको थाहा पाएपछि विनय तामाङ र अनित थापाले फल्स भोटिङद्वारा चुनाउ जित्ने कोशिश गरिरहेका छन्।”

यी भाजपा उम्मेदवारले लगाएको आरोपका अनुसार दार्जीलिङका प्रायः सबै केन्द्रमा निय तामाङ र अनित थापाहरूले दार्जीलिङ बाहिरका कहिले देखिएका केटाहरूलाई ल्याएर मतदान केन्द्र केन्द्रमा राखेका छन्, जसले भाजपाका पोलिङ एजेन्टहरूलाई धम्की दिने कार्य गरिरहेका छन्।

“हिजो बेलुकीदेखि नै हाम्रा पोलिङ एजेन्टहरूलाई धम्की दिने कार्य उनीहरूले गरिरहेका थिए। आज धेरै केन्द्र कहिले नदेखिएका नचिनेका केटाहरू राखेका छन्, जसले भाजपाको पक्षमा भोट हाल्न आउनेहरूलाई धम्की दिने काम गरिरहेको छ”, जिम्बाले गम्भीर आरोप लगाए।

यसका साथै यसबारे चुनाउ आयोगमा उजुरी गर्ने जनाएका छन्। अर्कोतिर यदि निष्पक्ष चुनाउ भएको खण्डमा आफूले ठूलो मतान्तरले चुनाउ जित्ने दाबी गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here