सिलगढ़ीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

0
1018

सिलगढ़ी, १९ जूनः कोरोना भाइरसका कारण बिहीवार सिलगढ़ीमा थप एकजनाको मृत्यु भएको छ।

मृतक महिला मतिगढ़ा थानाअन्तर्गत कदमतलानिवासी रहेको बताइएको छ।

उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल सूत्रका अनुसार श्वास-प्रश्वासलगायत अन्य समस्याका कारण कदमतलानिवासी एक महिला बुधवार राति उत्तर बङ्गाल मेडिकल एवं अस्पतालको रेस्पिरेटरी इन्टेसिभ केयर युनिट (रिकु)-मा भर्ना भएकी थिइन्। तर बिहीवार सखारै उनको मृत्यु भयो।

उनको स्वाबको नमूना सङ्ग्रह गरी भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो भने ती मृतक महिलाको टेस्ट रिपोर्ट पोजिटिभ आएको थियो। मृतक महिला कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि हिजै उनको अन्तिम संस्कार सरकारी नियमानुसार गरिएको बताइएको छ।

अर्कोतिर हिजो भाजपा जिल्ला साङ्गठनिक सचि राजु शाहसहित सिलगढ़ी नगरनिगमका ८ जना कोरोना सङ्क्रमित भएका छन्।

त्यसैगरी खोरीबारीमा  एक औषधि पसलका व्यवसायीसहित ९ जना पनि कोरोना सङ्क्रमित बनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here