श्रीनगर, १९ जूनः जम्मू-कश्मीरका अवन्तीपोरा र शोपियाँमा पछिल्लो २४ घण्टामा सुरक्षा बलल ८ जना आतङ्कवादीलाई मारेको छ।
सेना सूत्रका अनुसार ५ जना शोपियाँ र ३ जना अवन्तीपोरामा सुरक्षा बलले मारेको हो। जानकारीका अनुसार दुवै ठाउँमा सुरक्षा बलले खोजी अभियान शुरू गरेको छ।
जानकारीका अनुसार आतङ्कवादी लुकेर बसेको गोप्य सूचनाको आधारमा पम्पोरको मिज क्षेत्रमा बिहीवार सुरक्षा बलले खोजी अभियान शुरू गर्दा आतङ्कवादी र सुरक्षा बलबीच भिड़न्त शुरू भएको थियो।
सुरक्षा बलले हिजै एक आतङ्कवादीलाई मारेको थियो तर अन्य आतङ्की भागेर स्थानीय एक जामा मस्जिदभित्र लुकेका थिए। यद्यपि धेरै मिहिनेतपछि भागेका आतङ्कवादीलाई पनि सुरक्षा बलले माऱ्यो। मारिएका आतङ्कवादी जैश-ए-मोहम्मदको रहेका बताइएको छ।
पम्पोरको मिज र शोपियाँको मुनान्दमा आतङ्कवादीहरूसँग भएको भिड़न्तबारे लेफ्टिनेन्ट जनरल बीएस राजु र जम्मू-कश्मीरका डीजीपी दिलबागले पत्रकार सम्मेलन आयोजन गरी जानकारी दिएका दिएका छन्।
उनीहरूले बताएअनुसार दुई अलग अलग अभियानमा सुरक्षा बलले पछिल्लो २४ घण्टामा ८ आतङ्कवादीलाई मारेको छ।