नयाँ दिल्ली, १९ जूनः दुई दिनअघि कोरोना सङ्क्रमित रहेका पुष्टि भएका दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनको स्वस्थ अवस्था खस्किएपछि अक्सिजन सपोर्टमा राखिएको छ।
आज (शुक्रवार) उनलाऊ श्वास कष्ट भएपछि अक्सिजन सपोर्टमा राखिएको बताइएको छ। जैन दिल्लीको राजीव गान्धी सुपर स्पेशिअलिटी अस्पतालमा उपचाररत् छन्।
जानकारीका अनुसार उनको फोक्सोमा सङ्क्रमण बढ़ेको छ। यसैले श्वास कष्ट भएको हो।
उल्लेखनीय छ, दिल्लीका यी स्वास्थ्य मन्त्रीलाई तीव्र ज्वरो र श्वास कष्टका कारण केही दिनअघि राजीव गान्धी सुपर स्पेशिअलिटी अस्पतालमा भर्ना गरिएको थियो भने दुई दिनअघि उनको कोरोना टेस्ट पोजिटिभ आएको थियो।
यद्यपि उनको पहिलो टेस्ट भने नेगिटिभ आएको थियो। तर दोस्रो टेस्ट पोजिटिभ आएको थियो। आज उनलाई पुनः श्वास कष्ट भएपछि अक्सिजन सपोर्टमा राखिएको छ।
अर्कोतिर जानकारीका अनुसार उनको उपचार प्लाज्मा थेरापीबाट उपचार गरिनेछ। यसैबीच उनलाई साकेतस्थित म्याक्स सुपर स्पेशिअलिटी अस्पतालमा सारिएको बताइएको छ।