बुडापेस्ट, 19 जूनः स्टार खेलाड़ीहरूले भरिएको बलियो फ्रान्स लड़ाकु हङ्गेरीविरुद्ध अपत्यारिलो हारबाट जोगिएको छ।
एन्टिनो ग्रिजम्यानले 66औँ मिनटमा गोल गरी खेललाई 1-1 को बराबरीमा ल्याएपछि फ्रान्स हारबाट जोगिएको हो।
यो खेल हङ्गेरीको बुडापेस्टस्थित पुस्कास स्टेडियममा खेलिएको थियो।
हङ्गेरी र फ्रान्स ग्रुफ ‘एफ’- छन्। दुवै टिमको यो दोस्रो खेल हो।
पहिलो हाफको अतिरिक्त समय (45+2औँ मिनटमा) अत्तिला फिलोआले उत्कृष्ट गोल गरी फ्रान्सलाई जिल्ल पारेका थिए। यद्यपि 66औँ मिनटमा ग्रिजम्यानले गोल गरी फ्रान्सलाई हारबाट जोगाए।
म्याचको धेरजसो समय बलमाथि आफ्नो पकड़ बनाए पनि फ्रान्स फिनिसिङमा चुकेको थियो। कतिसम्म भने फ्रान्सले हङ्गेरीको गोलपोस्टमा 15 पटक प्रहार गर्दा 4 प्रहार मात्र अनटार्गेट रहेका थिए।
अर्कोतिर हङ्गेरीले खेलभरि 5 पटक फ्रान्सको गोलपोस्टमा प्रहार गरेको थियो, जसमध्ये 3 प्रहार अनटार्गेट रहेका थिए।
बराबरी खेलेर अङ्क बाँड़ेको फ्रान्स दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ। हङ्गेरीको एक अङ्क छ। आजै राति भारतीय समयानुसार 9.30 बजे म्युनिखमा जर्मनी र पोर्तुगल भिड़्दैछन्।