सिक्किममा कोरोना भाइरसका थप १९ नयाँ मामिला पुष्टि

0
1007

गान्तोक, १८ जुलाईः  सिक्किममा शनिबार कोरोना भाइरसका थप १९ मामिला पुष्टि भएको छ। राज्यको स्वास्थ्य विभागद्वारा जारी हेल्थ बुलेटिनका अनुसार ती १९ मामिलामध्ये १२ वटा आरटीपीसीआर तथा ७ वटा ऱ्यापिड एन्टिजेन टेस्टिङमार्फत् पुष्टि भएको हो।

कोरोना सङ्क्रमित यी १९ जना नै पूर्व सिक्किमका हुन्। उनीहरू सबैलाई एसटीएनएमको आइसोलेशन वार्डमा भर्ना गरिएको छ।

यसका साथै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या २७३ पुगेको छ, जसमध्ये ९० जना स्वस्थ भएर घर फर्किसकेका छन्।

अहिले राज्यमा कोरोना भाइरसको एक्टिभ केस १८३ रहेको छ।

स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव डा. पेम्पा छिरिङ भोटियाका अनुसार तादोङनजिक कृषि विभागका कार्यरत् कोरोना सङ्क्रमित महिलाका सम्पर्कमा आएकाहरूलाई चिह्नित गर्ने कार्य भइरहेको छ।

उनका अनुसार यी महिलाकी सम्पर्कमा आएका रम्फूनिवासी एकजना र सिङ्ताममा तीनजना कोरोना सङ्क्रमित पाइएको छ, जसमा थानाका पुलिसकर्मी छन्।

जानकारीका अनुसार यी महिना केही दिनअघि रम्फूमा मरौंमा गएकी थिइन्। रम्फूमा मरौं परेका परिवारका एकजना सदस्य र सिङ्ताम थानाका तीनजना पुलिसकर्मी कोरोना सङ्क्रमित पाइएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here