म नर्स हुँ

0
1619

-मेनुका शर्मा


मेरो कर्तव्य दुनियाँको सेवा गर्नु हो
यो कोरोनाको महामारीमा
मेरो देशलाई मेरो आवश्यकता छ।
तर के पाउँदैछु मैले
यो दुनियाँको सेवा गरेर?
होइन मैले
पैसाको कुरा ठ्याम्मै गरेको होइन,
म कुरा गर्दैछु
एउटा ‘सम्मान’-को
मेरो मन रून्छ
जब दिन-रात एक गरी
म ती बिरामीहरूको सेवा गर्छु
आफू र आफ्ना परिवारलाई
जोखिममा हालेर
तर विडम्बना कस्तो
तिनै बिरामी तम्सिन्छन्
मलाई थुक्न र गाली गर्न।
अझ कुट्न पनि।
के यस्तै काम गर्नु पर्ने हो?
यस्तै गाली सुन्न पर्ने हो?
यी यस्ता प्रश्नहरूले मेरो मन खलबलिन्छ
र फेरि आफै सोच्छु
होइन यो त मेरो कर्तव्य हो।
सास निस्सासिन्छ मेरो
दिन-रात त्यो पीपीईमा,
न समयमा पानी
न त खाना नै समयमा
डर लाग्छ
अब त यो मास्क लगाउँदा लगाउँदै
सास रोकिएर पुर्लुक्क ढलिहाल्ने पो हो कि कतै!
फेरि सोच्छु होइन
यो त मेरो कर्तव्य हो।
आँसु आउँछन् आँखाबाट
अर्काको त्यो नमिठो गाली सुन्दा
फेरि आँसु पुछेर तिनै बिरामीको
सेवामा जान्छु
मीठो बोली र ओठमा मुस्कान लिएर
के गर्नु!
नर्स हुँ
कर्तव्य यस्तै
भाग्य यस्तै।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here