शिक्षाविद् डिकबहादुर देवानको निधन

0
878

कालेबुङ, १९ जुलाईः शिक्षाविद् डिकबहादुर देवान अब हामीमाझ सशरीर रहेनन्।

पारिवारिक सूत्रका अनुसार आज बिहान ७४ वर्ष उमेरमा निधनमा भएको छ। १२ अक्टोबर १९४७ पेदोङ बजारमा जन्मेका उनी केही समयदेखि बिरामी थिए।

डिकबहादुर देवानको निधन दार्जीलिङे शिक्षा क्षेत्रका लागि ठूलो क्षति हो।

सेन्ट जर्ज उच्चतर माध्यमिक विद्यालय पेदोङका उपप्रधाध्यापक तथा हर्कमाया शिक्षण प्रशिक्षण महाविद्यालय सिक्किमका भूतपूर्व प्राचार्यसमेत रहेका देवानले उत्तरबङ्ग विश्वविद्यालयबाट १९७३-मा राजनीतिशास्त्रमा स्नातकोत्तर तथा १९८८ मा विश्वभारतीबाट विद्यावारिधी गरेका थिए।

उनका A Key to English (पहिलो संस्करण १९७७), A Golden Key to English, Education in the Darjeeling Hills : an historical survey, 1835-1985 (१९९१), दार्जीलिङ पार्वत्य अञ्चलमा शिक्षाको शुरूआत अनि विकाशक्रम-एक ऐतिहासिक सर्वेक्षण १९३५-१९८५ (२००९),  Education in Sikkim, An Historical Retrospect: Pre-Merger and Post-Merger Period (२०१२) र पेदोङ इतिहासको आँखीझ्यालबाट आदि जस्ता पुस्तक प्रकाशित छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here