मिरिक महकुमा समिति युमो अध्यक्षले छाड़े मोर्चा दुई-“यो बिजिनेस माइन्डेडको पार्टी हो”

2
1059

मिरिक, १९ जुलाईः मिरिक महकुमा समिति युवा मोर्चा अध्यक्ष योगेश गोलेले पनि गोजमुमो दोस्रो खेमा छाड़ेका छन्।

उनले आज एक पत्रकार सम्मेलन आयोजन गरी मोर्चा दुईबाट राजीनामा दिएको घोषणा गरे।

गोलेका अनुसार चिया कमानका जनताको हितका लागि गोजमुमो दुईले कुनै कार्य नगरेकै कारण यसपालिको विधानसभा चुनाउमा पराजित बनेको हो, किनभने दार्जीलिङ पहाड़मा सबैभन्दा बढ़ी मतदाता कमानमै छन्।

मोर्चा दुई कस्तो पार्टी हो र यसले कस्तो कार्य गरिरहेको छ भन्ने कुरा जनतालाई विस्तृत रूपमा थाह भएको पनि उनले बताएका छन्।

साथै ग्राउन्ड जिरोमा खट्नेहरूका कुरा सुन्नका सट्टा शीर्ष नेताहरूलाई भेट गरी चाप्सुली र जी हजुरी गर्नेहरूका मात्र कुरा सुन्ने गरेको तथा ग्राउन्ड जिरोमा खट्नेहरूलाई हतियार बनाएर दुई-चारजनाले फाइदा लुट्ने कार्य धेरै गरिरहेको योगेश गोलेले थप बताएका छन्।

राजीनामाको घोषणा गर्नसाथै उनले मोर्चा दुईमाथि धेरै आरोप लगाएका छन्।

“जनताले अब स्पष्ट बुझिसकेका छन्; दुईपटक गोजमुमो दुई चुनाउ हारिसक्यो। अब भोलिकै दिनमा यहाँ चुनाउ भयो भने फेरि गोजमुमो दुईले पराजयको सामना गर्नै पर्नेछ”, गोलेले ठोकुवा गरे, “किनभने नीति निर्धारण राम्रो हुनुपर्छ। नयाँ सोच नयाँ विचार भन्यो, खोई नयाँ सोच नयाँ विचार? नयाँ सोच र नयाँ विचारको त यहाँ कुरै देख्दिन। नयाँ सोच र नयाँ विचार यस्तै हो? म सीधै भन्छु यो बिजिनेस माइन्डेडको पार्टी हो। त्यसैकारण यो पार्टी लामो चल्दैन। लामो जाँदै जाँदैन।”

योगेश गोलेका अनुसार २०१७ मा गोर्खा जनमुक्ति मोर्चाबाट अलग भएर गोजमुमो दुई बनेपछि यो पार्टीले जनतालाई गरेका वाचा एउटै पूरा नगरेको पनि दावी गरे।

उनले पार्टीको नीति राम्रो नभएकै कारण मोर्चा दुई अहिले दुई भाग भएको र यो पार्टी सकिने लक्षण रहेको बताए।

गोलेका अनुसार उनले एक वर्ष अघि मोर्चा दुई छोड़्ने सोच बनाएका थिए। पार्टीमा जति नै खट्दा पनि त्यसको मूल्याङ्कन नभएकै कारण आज राजीनामा दिनपरेको योगेश गोलेले थपे।

उल्लेखनीय छ, पछिल्ला केही दिनयता मोर्चा दुई छाड़्नेहरूका सङ्ख्या प्रतिदिन बाक्लिँदै गइरहेको छ।

2 टिप्पणी

  1. Bichara Bhai lay ta barkhar bhujayxa business minded party bhanera hait. Amit thapa lay plains ko madheshya thikdar haro Sangha satak Suraj Sabi contract fix garera commission lay dhadeko Musa jasto bhaye halyo,pheri dhupauray haro xai hawa pitdai hidxa bichara haroo natra kasari Ghar xalxa.

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here