सर्वोच्चको आदेशः सुशान्त सिंह राजपुत मामिलाको जाँच सीबीआईले गर्ने

0
1158

नयाँ दिल्ली, 19 अगस्तः सर्वोच्च न्यायालयले बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु मामिलाको जाँच सीबीआईलाई सुम्पिएको छ।

यसका साथै यस मामिलाको जाँचमा महाराष्ट्र सरकारले सीबीआईलाई सहयोग गर्नुपर्ने तथा जाँचसम्बन्धी सबै दस्तावेज उपलब्ध गराउनपर्ने सर्वोच्चको आदेश छ।

सर्वोच्चका अनुसार सीबीआई पटनामा दर्ता एफआईआर मामिलाको जाँच गर्नका लागि सक्षम मात्र छैन तर भविष्यमा कुनै मामिला दर्ता भएको खण्डमा त्यसलाई पनि हेर्नेछ।

फैसलाका अनुसार अब यो मामिलामा महाराष्ट्र पुलिसले सीबीआईलाई सहयोग गर्नुपर्छ, किनभने सीबीआई जाँचको आदेश सर्वोच्च न्यायालयको आदेश हो।

यो फैसलालाई धेरै प्रतिक्रिया व्यक्त गरेको छ। बलिवुड अभिनेत्री कङ्गना रनावतले यसलाई मानवताको जीत बताएकी छन्। अक्षय कुमारले सधैँ सत्यको जीत हुनुपर्ने बताएका छन्।

त्यहीं भाजपाले महाराष्ट्रका गृह मन्त्री अनिल देशमुखको राजीनमाको माग गरेका छन्।

बिहारका डीजीपी गुप्तेश्वर पाण्डेयले सर्वोच्च न्यायालयको फैसलाले आफू अत्यधिक खुशी भएको र सर्वोच्च न्यायालयको आदेशका कारण न्यायालयमाथि मानिसहरूको भरोसा थप बलियो बनेको बताएका छन्।

उल्लेखनीय छ, सुशान्त सिंह राजपुतको मृत्यु 14 जूनका दिन भएको थियो।

त्यसदिन बिहानै कोठामा झुण्डिए रहेको अवस्था पाइएको सुशान्तले आत्महत्या गरेको बताइए तापनि परिवारपक्ष र प्रशंसकहरूले सुशान्तको हत्या भएको भन्दै सीबीआई जाँचको माग गर्दै आइरहेका थिए।

यसैबीच, बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि केही दिन सीबीआई जाँचको सिफारिश गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here